मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औं राष्ट्रिय दिवस - २०८३ को अवसरमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूको शुभकामना सन्देश ।

                 शुभकामना सन्देश

प्रविधिको सही प्रयोग सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता" भन्ने नाराका साथ आज मनाउन लागिएको मानव बेचबिखन विरुद्धको बिसौं राष्ट्रिय दिवसको अवसरमा यस अभियानमा निरन्तर क्रियाशील रहनुहुने सबैमा उत्साह उर्जा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु। यस अवसरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध नेपाल सरकारको अभियानमा निरन्तर सहयोग, समन्वय  सहकार्य गर्नुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु

मानवसभ्यता कै कलङ्कको रुपमा रहेको मानव बेचबिखन संगठित अपराधको रुपमा विश्वभरी फैलिरहेको छ। प्रविधिको विकासक्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरुप   गन्तव्यमा परिवर्तन आइरहेको छ। मानव बेचबिखन तथा ओसारपसारको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप नीतिगत तथा संस्थागत सुधार गर्दै तहगत सरकार सम्बन्धित सबै सरोकारवालाहरूको समन्वय सहकार्यमा सार्थक पहलकदमीहरू लिइएका छन्। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ पालेर्मो प्रोटोकल अनुकूल हुने गरी संशोधन गर्ने विधेयक संसदमा दर्ता गरिएको छ। यसबाट मानव बेचबिखन तथा ओसारपसारबाट पीडितलाई अन्तर्राष्ट्रियस्तरमा मानव अधिकारको संरक्षण गर्न राज्यहरुबीच सहयोग समन्वय बढाउन अझ सहज हुनेछ। विद्यमान कानूनी संस्थागत संयन्त्रलाई संघीय संरचना अनुरुप बनाउने क्रममा मानव बेचबिखन विरुद्धको नीति जारी गरी कार्यान्वयनमा ल्याइएको छ। यस अभियानमा संघीय सरकारका अतिरिक्त प्रदेश सरकारस्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, विकास साझेदार सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको छ। हाम्रो साझा  पहल संयुक्त प्रयासले मात्र मानव बेचबिखन मुक्त समाज बनाउन सम्भव हुनेछ भन्ने विश्वास लिएको छु। नेपाल सरकारको यस प्रतिबद्धतामा सबैको साथ, सहयोग  ऐक्यबद्धताको लागि आग्रह गर्दछु

 

                                                                                       वालेन्द्र शाह

 भाद्र २०,२०८३

नेपाल सम्बत्, ११४६