मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औं राष्ट्रिय दिवस - २०८३ को अवसरमा माननीय मन्त्री सिता बादीज्यूको शुभकामना सन्देश ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २० औं राष्ट्रिय दिवस- २०८३

शुभकामना सन्देश

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सन् २००२ मा काठमाण्डौंमा सम्पन्न एघारौं शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धी - २००२ लाई वि.सं. २०६३ भाद्र २० गते तत्कालीन प्रतिनिधिसभाबाट अनुमोदन गरिएको ऐतिहासिक दिनको स्मरण गर्दै नेपाल सरकारले प्रत्येक वर्ष भाद्र २० गते मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको छ।

यस वर्ष प्रविधिको सही प्रयोग सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता" भन्ने राष्ट्रिय नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २०औं राष्ट्रिय दिवस - २०८३ मनाइरहेका छौं। हालै भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट ठूलो जनधनको क्षति भएको अत्यन्त दुःखद परिस्थितिमा हामी छौं। यस विपद्‍मा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्‍जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।साथै, घाइतेहरूको शीघ्र स्वास्थ्‍यलाभ तथा बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गर्दछु।

प्राकृतिक विपद्‍का बेला विस्थापन, असुरक्षा, गरिबी तथा रोजगारीको अभावका कारण महिलाबालबालिका तथा अन्य जोखिममा रहेका समुदाय मानव बेचबिखन तथा ओसारपसारको उच्च जोखिममा पर्न सक्ने भएकोले यसतर्फ थप संवेदनशील, सजग प्रभावकारी रूपमा क्रियाशील हुन सम्पूर्ण सरकारी निकाय,  सुरक्षा निकाय, गैरसरकारी संघसंस्था, नागरिक समाज, सञ्‍चार माध्यम तथा सरोकारवाला सबैमा हार्दिक अपिल गर्दछु।

मानव बेचबिखन तथा ओसारपसार मानव अधिकार, स्वतन्त्रता व्यक्तिको मर्यादामाथिको गम्भीर आक्रमण हो। यसको रोकथाम तथा नियन्त्रण, पीडित तथा प्रभावितको उद्धार, संरक्षण, पुनर्स्थापना, न्यायमा पहुँच तथा आर्थिक सशक्तिकरणका लागि नेपाल सरकारले कानूनी, नीतिगत तथा संस्थागत सुधारका प्रयासहरूलाई निरन्तर अघि बढाउँदै आएको छ।

यसै क्रममा तीनै तहका सरकारको स्पष्ट भूमिका जिम्मेवारीसहितको  कार्यान्वयन कार्ययोजनासहित मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति, २०८२ कार्यान्वयनमा ल्याईएको छ।साथै, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई समयानुकूल संशोधन गर्न विधेयक संसदमा विचाराधीन रहेको अन्य आवश्यक  कानूनी सुधारका प्रक्रियासमेत अगाडि बढीरहेका छन्। प्रविधिको तीब्र  विकाससँगै मानव बेचबिखनका स्वरुप, माध्यम   चुनौतीहरु पनि परिवर्तन भइरहेका छन्। त्यसैले प्रविधिको सुरक्षित जिम्मेवार प्रयोग, जनचेतना अभिवृद्धि, अन्तरनिकाय समन्वय, समुदायको सक्रिय सहभागिता तथा पीडितमैत्री सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन आवश्यक छ।

यस राष्ट्रिय दिवसको अवसरमा संघ, प्रदेश स्थानीय  तहका सरकार, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघसंस्था, नागरिक समाज, सञ्चार माध्यम,  विकास साझेदार तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियानमा -आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्दै सहकार्य ऐक्यबद्धताका साथ अघि बढ्न हार्दिक अनुरोध गर्दछु। मानव बेचबिखन तथा ओसारपसार मुक्त,  सुरक्षित, मर्यादित न्यायपूर्ण समाज निर्माणको साझा अभियानमा  हामी सबैलाई थप उर्जा, दृढता प्रेरणा प्राप्त होस भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु

 

भाद्र २०, २०८३                                                       सिता बादी         

नेपाल संबत् ११४६                                                        मन्त्री